आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

काठमाडौं, २५ पुस । । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए ।

निगमको कार्यकारी निर्देशक हुन निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँसहित २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति