नेपाल उच्च जोखिममा : भारतमा एकै दिन १ लाख ४७ हजार मानिसमा कोरोना संक्रमण

काठमाडौं, २५ पुस । भारत एकै दिन एक लाख ४७ हजार ८१४ जनामा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।भारतमा संक्रमितको संख्या उल्लेख्य बढेसँगै खुल्ला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board