एमाले जिल्ला अधिवेशन – २३ जिल्लामा सर्वसम्मत, अन्य पनि सर्वसम्मतको प्रयास हुँदै (सूचीसहित)

काठमाडौं, २५ पुस ।  नेकपा एमालेको पुस २३ मा एकै पटकअधिवेशन उद्घाटन भएका ६१ जिल्ला मध्ये २३ वटा जिल्लामा नेतृत्व सर्वसम्मत भएको छ । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका अनुसार अहिलेसम्म भौगोलिक २१ र गैर भौगोलिक २ गरी २३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

२२ वटा जिल्लाको नेतृत्व घोषणा भैसकेको छ भने नुवाकोटको सचिव र उपसचिवको व्यक्ति नटुंगिदा अहिले बिहान १० बजेसम्ममा घोषणा गर्ने तयारी भएको छ । यद्यपी अध्यक्षमा बद्री मैनाली र उपाध्यक्षमा बुद्धी प्रधान सर्वसम्मत भैसकेका छन ।

यी हुन एमालेको नेतृत्व सर्वसम्मत भएका जिल्लाहरू

१। झापा(–दीपक कार्की
२। पाल्पा– धनेन्द्रराज घिमिरे
३। दाङ– हुकुमबहादुर बस्नेत
४। डोल्पा– शेरबहादुर बुढा
५। सल्यान– गोविन्द पुन
६। बर्दिया– लालबहादुर श्रेष्ठ
७। बॉके– किस्मतकुमार कक्षपति
८। धादिङ– भूमि त्रिपाठी
९। अर्घाखाची– पीताम्बर भुसाल
१०। मोरङ– ऋषिकेश पोखरेल
११। काभ्रे–अशोक ब्याञ्जु
१२। भक्तपुर– बचन देउजा
१३। गुल्मी– बालसिंह काउछा
१४। खोटाङ– रामप्रसाद दंगाल
१५। सप्तरी– ताराकान्त चौधरी
१६। तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७। धनकुटा– इन्द्रमणि पराजुली
१८। रसुवा– कर्णेल लामा
१९। नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०। कपिलवस्तु– डम्बर शर्मा
२१। नुवाकोट–बद्री मैनाली
विशेष जिल्ला कमिटी
१। मजदुर विशेष–जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष– उमेश ढकाल

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति