काठमाडौँ, २४ पुस
प्रत्यक वर्ष किसानहरु दूधको मूल्यवृद्धि गर्नुपर्ने माग राख्छन् । तर बढिरहेको अवस्था छैन् । यहि परिप्रेक्षमा बागमती प्रदेशस्थित दूग्ध विकास बोर्डको दशौं बोर्ड बैठकले बागमती प्रदेशमा किसानले उत्पादन गरेको दूधमा प्रति लिटर १० रुपैँया वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष समेत रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालयका सचिव हुनुपूर्व डा।शरण पाण्डे बोर्डमा हुदैदेखि किसानले उत्पादन गर्ने दूधको मूल्यमा वृद्धि गर्नुपेर्नेदेखि लिएर उत्पादनमा अनुदान दिनुपर्नेमा आवाज उठाउदै आएका थिए ।
बोर्डको निर्णयअनुसार दूधमा मूल्यवृद्धि गर्न संघीय कृषि तथा पुशपन्छी विकास मन्त्रालयमा अनुरोध गरिनेछ । आगामी दुई साताभित्रमा दूधको मूल्यमा समायोजन नभएर बागमती प्रदेशले दूधको मूल्य समायोजन गर्न ठोस कदम चाल्नेछ ।
प्रतिक्रिया