लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिकाः मन्त्री जोशी

धनगढी, २३ पुस । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताएका छन् ।

काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उनले लोकतन्त्र र सङ्घीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले ठूलो योगदान पुर्‍याएकाे बताए । पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन थालेकोले यसबाट माथि उठेर काम गर्न उनले सुझाए । “आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्नुपर्छ । विचारमा प्रस्ट हुनाका साथै सेवा प्रवाह तटस्थ र निष्पक्ष हुनपुग्यो भने प्रेसजगत्प्रति विश्वास बढ्दै जान्छ,” कानुनमन्त्री जोशीले भने, “फरक विचार राख्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष भएकाले कसैलाई निषेध नगरी मर्यादित पत्रकारितमा लाग्नु पर्छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board