कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष एक–एक लाख धरौटीमा छुटे

काठमाडौं, २३ पुस । कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्। सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।

प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो।प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो।आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो।उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।भिडिओ सार्वजनिक भएपछि प्रहरीले आफ्नो प्रतिवेदन तयार पारी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो।पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा भएको कुलपूजामा उनीहरूले यस्तो व्यवहार गरेका थिए।यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका हुन्।तीन जनामध्ये दुई जनाले महिलामाथि शारीरिक रूपमा झम्टिनुका साथै आफ्नो पैताला पालैपालो चटाएका थिए।सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन्।

उनले प्रहरीसँगको सोधपुछका क्रममा पनि आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन्।प्रहरीसँगको बयानमा ती पुरूषहरूले पनि आफ्नो शरीरमा देउता चढेपछि महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकार गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति