निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य मनोनयनमा उम्मेदवारको नामावली सार्वजनिक गर्दै

काठमाडौं, २३ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ। हिजोदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ। पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति