सुन्धाराको सीटीसी मल लिलामीका लागि मूल्याङ्कन थालियो

काठमाडौँ, २३ पुस । कर्मचारी सञ्चय कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि काठमाडौंको सुन्धारास्थित सीटीसी मलको स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि मलको मूल्याङ्कन थालेको छ ।

इच्छाराज तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालिको नाममा कर्मचारी सञ्चय कोषबाट सीटीसी मल धितो राखेर ऋण लिएका थिए । कोषले तामाङले लिएको कर्जा रकम भने खुलाएको छैन ।

कोषले चलन चल्तीमा धितोको मूल्य पत्ता लगाउन मूल्याङ्कन थालिएको जनाएको छ । श्रोतका अनुसार कोषको सञ्चालक समितिले स्वतन्त्र विज्ञमार्फत् मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।जसको लागि सबै प्रक्रिया पूरा भएको र अब छिट्टै काम सुरु गरिने भएको छ । श्रोतका अनुसार मूल्याङ्कन पूरा भएपछि कानून बमोजिम धितो लिलामीका लागि सूचना जारी गरिनेछ ।

कोषले गत मंसिर ६ गते ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो, भने पुस १० मा उक्त म्याद सकिसकेको छ । सीटीसी मल खरिदका लागि धेरैले इच्छा देखाएका कारण मलको बजार मूल्य निकाल्न लागिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति