विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो: एकै दिन २३ लाख ५९ हजार थपिए


काठमाडौँ, २३ पुस । विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका छन् ।ओर्ल्डोमिटरको विवरणअनुसार यो संख्या हिजो बिहिबारभन्दा ५ हजारले कम हो । अहिले दैनिक थपिने संक्रमितको संख्या हालसम्मकै सर्वाधिक पाइएको हो । बुधबार साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।

आज अमेरिकामा मात्रै ६ लाख ४६ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, बेलायतमा एक लाख ७९ हजार र अर्जेन्टिनामा १ लाख ९ हजार थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ३८ हजार ६०८ पुगेको छ । तीमध्ये २५ करोड ७४ लाख ५२ हजार ८९ जना निको भइसकेका छन् भने ५४ लाख ८८ हजार ८८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २३४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ६००, रुसमा ८०२, जर्मनीमा ३०५, बेलायतमा २३१, फ्रान्समा २०४ र टर्कीमा १५६ जना छन्।

पछिल्लो एक दिनमा ६ लाख ५६ हजार ८८९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा ७४ हजार, फ्रान्समा ५७ हजार, बेलायतमा ५३ हजार, इटलीमा ४६ हजार, जर्मनीमा ४४ हजार र टर्कीमा २५ हजार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति