बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी

काठमाडौं, २२ पुस ।  कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छिन् ।

उनले राखेको आफू संलग्न संस्थाहरूको सूचीमा बतासको नाम छैन । तर, यसअघि बतास फाउन्डेशनको वेभसाइटमै सल्लाहकारको रुपमा उनको नाम उल्लेख थियो । त्यसबारे समाचार प्रकाशन भएपछि वेभसाइटबाट त्यो नाम हटेको छ ।

आरजु संलग्न संस्थाहरू

-संस्थापक एवम् अध्यक्ष, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपाल

-अध्यक्ष, नामी

– अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, युलेन्स स्कुल

– संस्थापक अध्यक्ष तथा सल्लाहकार, ग्रामीण महिला तथा एकता केन्द्र, नेपाल

– पूर्वअध्यक्ष तथा सल्लाहकार, साथी नेपाल ।

– संरक्षक, नेपाल ब्लड डोनर्स एसोसियसन

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति