कास्की एमालेमा मनबहादुरको दाबी

पोखरा, २१ पुस ।नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आगामी २३ गते हुने १० औं जिल्ला अधिवेशनमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ्ले आकांक्षा प्रकट गरेका छन् ।

नेकपा एमाले कास्कीले आज अधिवेशनबारे जानकारी दिन पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गुरुङले उक्त धारणा राखेका हुन् ।उनले प्राकृतिक न्यायको सिद्धान्त अनुरुप र पार्टीमा निभाएको भूमिका अनुसार आफुलाई नेताहरुले अन्याय नगर्ने बताए । गुरुङ्ले यसपटकको अधिवेशनमा सर्वसम्मत पदाधिारी चयन हुने जानकारी गराउँदै कास्कीको नेतृत्वमा आफ्नो दाबी हुने संकेत गरे । एमाले कास्कीको अधिवेशन तालिकाअनुसार १८ गते पार्टी सदस्यहरुको भेलाले प्रतिनिधि छनौट गरेको छ ।

हालसम्म देखिएको आकांक्षा अनुसार नेतृत्वमा दामोदर वैरागी र जगन्नाथ बाँस्तोलाले समेत दाबी गर्दै आएका छन् । जिल्ला कमिटीले अधिवेशन आयोजनार्थ १० उपसमितिसमेत गठन गरेको छ । पोखराको सभागृहमा हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने जनाइएको छ ।

एमाले कास्कीमा मुलतः पुर्वप्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङ र पूर्वस्वास्थ्यमन्त्री एवं हाल पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीको गुट रहेको छ । यद्यपि, एमाले कास्कीले अधिवेशनमा कुनैपनि गुट नरहने र लोकतान्त्रिक पद्धति अनुरुप नेतृत्व चयन हुने अपेक्षा गरेको छ ।
उक्त दिन एमालेको जिल्ला अधिवेशन देशभर एकसाथ हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति