शिक्षामन्त्री पौडेलबाट काठमाडौं मेडिकल कलेजको अनुगमन

काठमाडौँ, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्न पुगेका छन् ।

भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावक प्रदर्शनरत छन्  । अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् ।उता गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

काठमाडौं मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन काठमाडौंमा उजुरी दिएपछि बिहीबार प्रशासनले कलेज प्रशासन र विद्यार्थीलाई डाकेको छ ।गृह मन्त्रालयले कारबाहीको निर्देशन दिएपनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ । आयोगले सोधेको स्पष्टीकरणमा कलेजहरूले अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाए पनि विद्यार्थीसँग मागिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति