पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ पुस । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति