६० करोडको लगानीमा लुम्बिनीमा चारतारे होटल

काठमाडौं, २१ पुस ।  काठमाडौंको लाजिम्पाटस्थित चारतारे होटल एम्बास्डर र नगरकोटमा क्लब हिमालय सञ्चालनमा ल्याएका शाक्यले लुम्बिनीमा नयाँ होटल ‘शाक्यमुनि’ निर्माणका लागि प्रक्रिया अघि बढाएका हुन् ।

पछिल्लो समय भैरहवा क्षेत्रमा तारे होटल निर्माण हुने क्रम तीव्र छ । यही मेसोमा ‘शाक्यमुनि होटल’ खोल्न लागिएको उनले जानकारी दिए । करिब २० रोपनी क्षेत्रफलमा निर्माण हुने सो होटलमा १०० वटा कोठाहरू रहने छन् ।

तीनवटा ब्लकमा बन्ने उक्त होटल बुद्धिजम थिममा बहाल, चोकसहित मौलिक नेपाली शैलीको हुने शाक्यको भनाइ छ । निर्माण सुरु गरेको तीनदेखि चार वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । यो होटल मायादेवी मन्दिरबाट ५ किमि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९भैरहवा० बाट १३ किमिको दूरीमा रहने बताइएको छ ।

शाक्यसहितको समूहले अहिले लुम्बिनीमा ‘द लुम्बिनी‘ हब निर्माण गरिरहेका छन् । लुम्बिनीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र धेरैभन्दा धेरै समय पर्यटकले बिताउने वातावरण निर्माण गर्ने उद्धेश्यका साथ ‘द लुम्बिनी हब’ निर्माण गरिरहेका बेला शाक्यले भने चारतारे होटल निर्माण गर्ने भएका हुन् ।

होटलको डिजाइन र निर्माण जिम्मा सीई ग्रुपले लिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चरण अन्तिममा पुगेसँगै पछिल्लो समय लुम्बिनी र बुटवलमा सुविधासम्पन्न होटल निर्माण हुने क्रमले तीव्रता पाएको छ ।

भारतीय सीमा नजिकै रहेको र अन्तर्राष्ट्रिय उडानको सहज पहुँच हुने भएकाले पनि धेरै व्यवसायीहरूको ध्यान भैरहवा क्षेत्रमा परेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ । होटलसँगै क्यासिनो सञ्चालनकोे क्रम पनि बढेको उनले बताए ।

लुम्बिनी भ्रमणमा आएका स्वदेशी एवम् विदेशी पर्यटकलाई लक्षित गरी बनेका ती होटलहरूले रोजगारीसँगै स्थानीय उत्पादनलाईसमेत महत्व दिएको र आगामी दिनमा पनि दिने उनको भनाइ छ ।

भैरहवा क्षेत्रमा मात्रै १ दर्जनभन्दा बढी स्तरीय होटल निर्माण भइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति