दैलेखमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

दैलेख, २१ पुस । भगवतीमाई गाउँपालिकादेखि दैलेख बजार आउँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । बुधबार लु २ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ लोहोरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जीप चालक भगवतिमाई–१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।शाहका अनुसार जीपमा सवार आठ जना मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जिप दुर्घटना हुनको कारण खुल्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति