कोङकण टोलीबाट रेल्वेकाे भौतिक पूर्वाधारणको निरीक्षण

जनकपुर, २० पुस । भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले आज कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ ।

कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो । सो टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरे । सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानुनीलगायत अन्य तयारीबारे जानकारी गराए । निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए । उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे । निर्देशक सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट सहयोग हुन्छ”, उनकाे भनाइ थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन् । ती दुई वटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति