प्रेमको भाइरस अडियो सार्वजनिक

काठमाडौं, २० पुस । साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रेमको भाइरस उपन्यासको अडियो सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीको समयमा लेखिएको एउटा मिठो कथा, रोगबाट बाँच्ने तरिका, रोगले मार्न नसकेको माया, रोगले मान्छेलाई शिक्षित बनाएको कथा सबै सबै एउटा उपन्यासमा समेटेर मिठो बनाइएको छ । मिठो उद्घोषण शितल तामाङको रहेको छ भने उक्त अडियोमा सन्तोष श्रेष्ठको संगीत पनि रहेको छ । चार भागमा रहेको उपन्यास एक, दुई, तीन र अन्तिम भाग चार रहेको छ । सुन्दा आनन्द लाग्ने कोरोना महामारीको भ्याक्सिन जस्तो यो अडियोले काम दिनेछ । एकै भाग लामो हुन्छ भनेर चार भाग गरेकोले सुन्ने स्रोतालाई झनै सजिलो भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति