राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनीमा गठबन्धनबाट उम्मेदवारी दर्ता

काठमाडौँ, २० पुस  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख रउपप्रमुख २१५ गरी २९६ मतदाता छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति