पिङलास्थानमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, २० पुस । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति