काठमाडौं, २० पुस । माओवादी केन्द्रको अध्यक्षमा फेरि निर्विरोध चयन भएका पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ । प्रचण्ड सोमबार फेरि अध्यक्षमा चयन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत बधाई दिएको हो ।‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन निर्वाचित भएकोमा पुष्पकमल दाहाललाई बधाई छ ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ,’ ट्विटर ह्यान्डल ‘यूएसएम्बेसी–नेपाल’मा भनिएको छ ।
अमेरिकाले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापति र एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि पनि यसरी नै बधाई दिएको थियो ।
प्रतिक्रिया