कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईको मृत्यु


काठमाडौँ, २० पुस । कपिलवस्तुमा ट्र्याक्टर पल्ँिटदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो ।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति