दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि कोरोना संक्रमित

काठमाडौं, २० पुस । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् ।कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ । राजधानी नयाँदिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति