भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे आईपीओ आउँदै

काठमाडौं, २० पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति