भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक

काठमाडौँ, २० पुस । भारतमा कोरोनाका कूल संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ ।पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा १० हजार ८४६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या एक लाख ८१ हजार ४६८ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति