तोकिएकै समयमा भूमि समस्या समाधान गर्न हुनः मन्त्री श्रेष्ठ

काठमाडौँ, १९ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँग आज भएको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानूनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै जानकारी गराउन निर्देशन दिए । भूमि समस्या समाधान गर्न कुनै व्यवधान भए तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, “यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन, भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजनाअनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न गर्नुहोस् ।”

बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board