माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

काठमाडौँ, १९ पुस। नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केही बेर अघि नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारण गरिएको थियो । बैठकमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पदाधिकारी निर्वाचनबारे छलफल गर्ने र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि केही नेताको नाम समानुपातिक तर्फको बन्दसत्रबाट हटाउने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने एजेण्डा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति