पाँचदलीय गठबन्धनमा सहमतिः जसको जति सांसद खाली छन् त्यति नै सिट पाउने

काठमाडौं, १९ पुस । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।

आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् ।

एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति