सिराहाका कांग्रेस सभापतिको घरमा राति पेस्तोलसहित पुगेका एसपी पाण्डे हेडक्वार्टर तानिए

काठमाडौं, १९ पुस । सिराहाका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको छ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पाण्डेलाई केन्द्रमा तानेर उक्त ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको छ।सरूवा भएपछि पाण्डेले कांग्रेस सिराहा सभापति रामचन्द्र यादवलाई दुर्व्यवहार गरेको स्रोतको दाबी छ।

सभापति यादवले सरूवा गरिदिने चेतावनी दिएको भन्दै एसपी पाण्डे गए राति उनको घरमा गएको यादव पक्षको दाबी छ।‘एसपी पाण्डे राति सभापति यादवको घरमा आउनुभएको थियो,’ यादवका सहयोगीले भने, ‘यो घटनाबारे जिल्ला प्रहरी कार्यालयमा अहिले प्रदेश २ का प्रहरी प्रमुखसहित छलफल भइरहेको छ।’

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेको सरूवा भएको बताए।‘उहाँको सरूवा भएको हो। अरू के के भयो भन्नेबारे हामी छानबिन गर्दैछौं,’ उनले भने।गए राति एसपी पाण्डे कांग्रेस सभापति यादवको घर गए÷नगएको विषयबारे भने आफूलाई थाहा नभएको उनले बताए। सरूवा भएपछि पाण्डे कांग्रेस सभापति यादवको घरमा राति पेस्तोलसहित पुगेको यादव पक्षको दाबी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति