फ्रान्समा नयाँ वर्षको अवसरमा जलाइए ८७४ कार

पेरिस, १८ पुस । फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्। शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो।फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ।
यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक्राउ गर्ने काम पनि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

अघिल्लो वर्ष कोभिड-१९ को महामारीका कारण लगाइएको कर्फ्युका कारण यस्ता घटना बाहिरिएका थिएनन्। तर यो वर्ष पुन कारहरू जलाएको घटना बाहिरिएको हो।सन् २००५मा भएको एक दंगा पछि फ्रान्सका सहरहरूमा कार जलाउनु वार्षिक घटनाजस्तै बनेको छ। कुनै समूहले गरेको अपराध लुकाउन र बीमाको नक्कली दाबी गर्न पनि यसरी कारहरू जलाउने गरिन्थ्यो। तर त्यहाँ पछिल्लो समय नयाँ वर्षलाई स्वागत गर्न भन्दै कारहरू जलाउन थालिएको हो। नयाँ वर्षको सुरक्षाको लागि ९५ हजार प्रहरी र थुप्रै दमकल तैनाथ गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति