निर्मला पन्त हत्या काण्ड : एक भारतीय नागरिक पक्राउ

काठमाडौं, १८ पुस । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ ।

पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति