गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयमा मन्त्री डोबाटे

पोखरा, १८ पुस । आन्तरिक मामिला मन्त्रालयकाे विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले जिम्मेवारी पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पुस १२ गते मात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको थियो । संशाेधन पश्चात पुस १४ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिस बमोजिम विश्वकर्मालाई मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले जानकारी दिए । “१६ गते आन्तरिक आन्तरिक मामिलामन्त्री माननीय डोबाटे विश्वकर्माज्यूले गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ,” प्रदेश सरकारबाट जारी भएकाे प्रेस विज्ञप्तिमा लेखिएको छ ।मन्त्री डोबाटे असोज २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा संविधानअनुसार मन्त्रिपरिषदको संख्या १२ सदस्यीय मात्र बनाउन पाइन्छ । मन्त्रिपरिषद् निर्णय सुनाउन डाकिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कुमार खड्काले भने,”हिजोसम्म मुख्यमन्त्रीबाहेक १० वटा मन्त्रालय थिए भने अब ११ वटा मन्त्रालय र एउटा मुख्यमन्त्री कार्यालय भएको छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board