काठमाडौं, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी भइरहेका बेला त्यसअघि नै उनकी पत्नी दिल्ली पुगेर त्यहाँको सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग भेट वार्ता गरेकी हुन् ।
प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता
प्रतिक्रिया