वरिष्ठ साहित्यकार भडारीको निधन

काठमाडौँ, १८ पुस । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ । स्व. भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ ९सहलेखन०, ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनाँै चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत भएका भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भैसकेका साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । स्व. भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेखेकाले उनका परिवारले समेत भडारी नै लेख्ने गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति