‘ए’ डिभिजन लिग : मच्छिन्द्र र पुलिस खेल्दै, एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई जित्नैपर्ने दबाब

काठमाडौं, १८ पुस । ए सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्न लागेका हुन् ।

खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई आज खेल जित्नैपर्ने दबाब छ ।

मच्छिन्द्र ६ खेलमा १४ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । पुलिससँग हार वा बराबरीले मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । पुलिस ६ खेलमा ६ अङ्कसहित दशौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति