प्रतिनिधिसभाको बैठक आज बस्दै, एउटामात्रै कार्यसूची

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति