माओवादी महाधिवेशन : मतदाता नामावलीमा १,७४२ जनाको नाम प्रकाशित

काठमाडौं, १७ पुस, । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।

महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए । केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति