देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

काठमाडौं, १७ पुस ।  निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ ।

शुक्रबारसम्मको तथ्यांक हेर्दा ७ लाख ४९ हजार नयाँ मतदाताहरू थपिएका छन् ।७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसअघि ०७८ मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो ।मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो ।

आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिदैँछ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगका प्रवक्ता पौडेल बताउँछन् । निर्वाचनको मिति घोषणा भए पनि नामावली संकलन कार्यक्रम निरन्तर हुने उनले बताए ।हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने प्रवक्ता पौडेलले बताए । अन्य जिल्लाका व्यक्ति कामको वा पढाइको शिलशिलामा अर्कै जिल्लामा पुगेको खण्डमा पनि त्यहीँबाट नाम दर्ता गराउन पाइने शर्माले बताए ।

मतदाता नामावली संकलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालयबाट हुने उनको भनाइ छ । कुनै पनि राजनीतिक दललाई भोट दिनका लागि १८ वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति