यो वर्ष नेपालका पार्टीहरुको महाधिवेशमा स्थलमा देखिएका तस्विरहरु

काठमाडौं, १७ पुुस । नेकपा (एमाले)को १० औँ महाधिवेशन चितवनमा सम्पन्न गरेको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको थियो । यसै महाधिवेशनबाट नेकपा एमालेको अध्यक्ष पदमा नेता केपी शर्मा ओली निर्वाचित भए ।दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो। महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ओलीले १,८३७ ल्याएकाले उनी विजयी भएका हुन्। रावलको पक्षमा २२३ मत खसेको थियो। मंसिर १० गते देखि १४ गते सम्म भएको थियो ।

हिन्दूराज्य र राजसंस्थाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंसिर १५ गते राजधानीको भृकुटीमण्डपमा एकता महाधिवेशन शुरू गरेको थियो । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि उपस्थित रहेका थिए । अधिवेशनमा नेतृत्व दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका थिए । ४ दिन सम्म चलेको महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भए । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका थिएभने अध्यक्षका थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानबाट शेरबहादुर देउवा फेरि अर्को कार्यकालका लागि कांग्रेसको सभापतिमा चुनिएका छन् ।

मंसिर २४ गते देखि सुरु भएको महाधिवेशनको निर्वाचन प्रक्रियाको सभापतिको अन्तिम नतिजा आउन ५ दिन लागेको थियो । सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् ।

काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो । उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने भएका हुन् ।

सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशन

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी छ ।क्लस्टरअनुसारका केन्द्रीय सस्य संख्या टुंग्याउन र विधान मस्यौदामाथि आएका सुझावलाई कसरी लिने भन्नेबारे निष्कर्षमा पुग्न बैठक बसेको हो।आठौं महाधिवेशन अन्तर्गत आज छैटौं दिनको बन्दसत्र ११ बजेदेखि शुरु हुँदैछ। विधान पारित गरेर आजै नेतृत्व चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ। सत्रमा यस्तो देखियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति