जम्मू-कश्मीरस्थित वैष्णोदेवी मन्दिरमा भागदौड १२ जनाको मृत्यु, २० घाइते

काठमाडौँ, १७ पुस । भारतको जम्मूकश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा २० भन्दा बढी घाइते भएको बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।

शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक–अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू(कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू–कश्मीरका मानिस रहेको अधिकारीले जानकारी दिएका छन् ।जम्मू(कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दु ख व्यक्त गर्दै छानबिनका लागि समिति गठन गरिएको बताएका छन् । त्यस्तै उनले मृतकका परिवारलाई सहयोगस्वरूप १०र१० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति