माओवादीको आठौं महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सकिने

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको सातौं तथा अन्तिम दिन आज स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे सुरु हुने बन्दसत्रमा नेता गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनेछन्।

त्यसपछि विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

प्रवक्ता महराले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन आजै सकिने बताएका थिए।

महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति