काठमाडौं, १६ पुस। गत बुधबार लागुऔषध मुद्धामा पक्राउ परेका चर्चित ¥यापर आशीष राना मगर ’लाउरे’ सहित ४ जनालाई कास्की प्रहरीले आज सार्वजनिक गरेको छ ।
हिजो सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीले ८ दिन म्याद थपेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
बुधबार बेलुकी ७ बजेको समयमा पोखरा ८ जाल्पारोड स्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेकोले सो बरामद गरी निजहरूबाट सोधपुछ एवं अनुसन्धान पश्चात्। वडा नं। ८ सभागृह स्थितमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२।५० ग्राम फेला पारेको हुँदा सो समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद ३८ हजार ३ सय ५० रुपैयाँ, मोवाईल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरी लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया