काठमाडौ, १६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले बसिरहेको डेराबाट छिटै सर्ने बताएका छन् । माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रतिनिधिहरुले प्रश्न उठाएपछि त्यसबारे जवाफ दिँदै प्रचण्डले अहिले बसिरहेको खुमलटार निवास छिटै छोड्ने बताएका हुन् । ‘खुमलटार छोडेर गाउँ जानेकी भनेर सोचिरहेको छु ।
निर्णय नै त गरिसकेको छैन । निकै आलोचना भयो,’ उनले भने, ‘म कार्यकर्ताको भावनाको सम्मान गरेर डेरा सर्ने सोँच बनाएको हुँ ।’ कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनेर प्रचण्डको बसाइ, रहनसहनलाई लिएर कार्यकर्ताले आलोचना गरेपछि प्रचण्डले आज यस्तो बताएका हुन् । प्रचण्डअहिले खुमलटारस्थित ठेकेदार सारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् ।
प्रतिक्रिया