पार्टीलाई क्रान्तिकारि बनाउन,जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु – अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताका सपना पूरा गर्न जस्तोसुकै बलिदान गर्न पनि तयार भएको दृढता व्यक्त गरेका छन।अधिवेशनमा समूहगत छलफलको प्रस्तुतिपछि जवाफी सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलन जतिसुकै बिग्रेको भएपनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तासुकै त्याग गर्न तयार रहेको बताए ।

“कतिपयले प्रचण्ड फेरि झुपडिमा जान सक्ला त ? चिल्लो गाडि छोडन सक्ला त ? काठमाडौंको रमझम छोडन सक्लान् त ? भनेर पनि भन्ने गर्छन् ।” उनले भने, “तर म के भन्न चाहन्छु भने जरुरि पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनता माझगएर बस्न कुनै गारो छैन । यो पार्टीलाई क्रान्तिकारि बनाउन,जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्नदिन्न। पार्टीमा कतिपय विचलन आएपनि माओवादी मूल चरित्र यथास्थितिवादी र सुधारवादि नभएको उनले बताए । “हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ।

यसमा म छलाङ र गतिशिलतामा देख्छु” उनले अगाडि भने, “कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् तर २०४५सालमा सानो समूहबा शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेरआजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो।” त्यसैले यो गतिशिलतामा जरुरि पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौ। हामी अहले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति