झ्याप्प-झ्याप्प बिजुली गइरहेको बारे कुलमान यसो भन्छन्


काठमाडौं, १६ पुस । जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले स्वीकार गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ,’ घिसिङले भने, ‘लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं’काठमाडौं उपत्यकामा ५०/६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए ।

लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् । सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ । यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति