मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौं, १६ पुस । मन्त्रिपरिषद बैठकका ६ वटा निर्णय सार्वजनिक भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन ।

उनका अनुसार बैठकका ६ निर्णयहरु–

१. निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्र्टनसिप) पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।

२. कृषि तथा पशुपन्छि विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोगाम स्पेसिलिष्ट प्रोगाममा काम गर्न काजगमा खटाउने निर्णय भएको छ ।

३. सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरुको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तानान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

४. नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मा मिती २०७८ पुस १८ देखि ३० गेतेसम्म घरविदामा रहने भएकाले वालाधिकृत रथी वालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

५. टाकटोर लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २।५७ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत गर्ने निर्णय भएको छ ।

६. आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति