गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

दाङ, १६ पुस । दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब चार बजेतिर गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२/३३ वर्षका सुमन केसी घाइते भएपश्चात् उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनको शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

केसीलाई ठक्कर दिने गाडीको पत्ता भने लागेको छैन । केसीको मृत्युपछि साथै ठक्कर दिने गाडी फरार भएपश्चात् घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कारवाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति