माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिंदै छन् ।अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति