पूर्वी इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

जकार्ता इन्डोनेसियो, १५ पुस । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ ।

बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ। स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।

सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको छ। (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति