प्रतिवेदनमाथि प्रश्न : कम्युनिस्टहरु सत्तामा गएपछि किन जनमुखी काम गर्दैनन् ?

काठमाडौं,१४ पुस । नेकपा माओवादीको ८ औ महाधिवेशन अन्तर्गत समुह नेताले सुझाव पेश गरिरहेका छन् । यसै क्रममा समुह १४ का समुह नेता टंक राईले समुहको छलफलपछि बन्दसत्र हलमा आफ्नो समुहको निश्कर्ष सुनाएका छन् ।

त्यसक्रममा उनले प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने लगायतका सुझाव राखेका छन् ।

त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् ।‘कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् रुयसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ’, राईको भनाइ छ । त्यस्तै उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति