महाधिवेशन प्रतिनिधिको प्रश्न -विश्व कम्युनिष्ट आन्दोलनमा हामी कहाँ छौं ?

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज ‘२१ ओं शताब्दीमा समाजवादको नेपाली बाटो’ माथिको छलफल आज सकिँदैछ ।

२५ वटा समूहमध्ये अधिकांशको छलफल सकिएको छ भने बाँकी रहेका समूहले आज सुझाव संकलन गर्दैछन् । सबै समूहका छलफलमा प्रचण्ड आफैं पनि केहीबेर उपस्थित भएका थिए ।समूहगत छलफलका क्रममा वागमती प्रदेशका सहभागीले प्रचण्डपथको विकसित रूप प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न सुझाव दिएका छन् ।

दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेषगरी माओवादीको स्थान कहाँ छ भन्ने प्रष्ट नआएको विषय समूहगत छलफलमा उठेको प्रेस सेन्टरका नेता मनोज घर्तीमगरले बताए ।त्यस्तै समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको विषय उठेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति